नेपालथोक सडक खण्ड भोलिसम्म सञ्चालन गर्ने गरी लागेका छौः हमाल



१४ असोज, रामेछाप ।
बाढीको कारण अवरुद्ध हुन पुगेको नेपालथोक–भकुण्डे सडक खण्डको नेपालथोक खण्डमा सवारी साधन सञ्चालनको लागि सडक डिभिजन कार्यालय खुर्कोटले प्रक्रिया अघि बढाएको छ । नेपालथोक खण्डमा करिब एक सय मिटर सडक रोसी खोलाले बगाएको छ । सो स्थानमा रोशीलाई ड्राईभड गरेर सडक खुलाउने प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख (सिडिई)पारसमणि हमालले बताए ।

उनले रामेछाप न्युजसँग भने,‘हामी छिटो भन्दा छिटो सडक सुचारु गराउने कार्यमा लागेका छौ, आजबाट काम अघि बढ्छ, रोसीलाई ड्राइभर्ट गरेर यातायात सञ्चालन गराउने काम हुनेछ । डिभिजनले सडक निर्माणको लागि आवश्यक मेसिन र जनशक्ति समेत सो खण्डमा परिचालन गरिएको बताएको छ ।

सो सडक खण्ड सञ्चालनमा आएपनि कालोढुंगो नार्के, चौकीडाँडा लगायतको स्थानमा भने अवरुद्ध सडक सुचारु गर्न अझै केही दिन लाग्ने सडक विभागले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्