दशै अघि बिपि राजमार्ग सञ्चालनमा आउने, नेपालथोक र चौकीडाँडा खण्डबाट अघि बढयो काम



मधुसुदन रायमाझी
१५ असोज, काठमाडौं । बाढी पहिरोको कारण अवरुद्ध हुन पुगेको राजधानी काठमाडौं जोडने बिपि राजमार्ग दशै अघि सञ्चालनमा ल्याउने तयारी अनुसार काम अघि बढेको छ । रोशी खोलामा आएको बाढीको कारण बिपि राजमार्ग ११ स्थानमा कटान भएको छ । करिब २ किलोमिटर सडक भत्काएको कारण यस सडक खण्ड अहिले पूर्ण रुपमा अवरुद्ध बन्न पुगेको छ । सिन्धुली, खुर्कोट हुँदै नेपालथोक सडक खण्ड सुचारु भएको छ भने धुलिखेल भकुण्डे चौकीडाँडा सडक आजबाट सञ्चालनमा आएको छ ।

तर चौकीडाँडादेखि नेपालथोक सडक बन्द रहेको छ । राजमार्ग कटान भएर हाल सो स्थानमा रोशीखोला बगेको छ । सडक विभाग अन्तर्गत रहेको सडक डिभिजन कार्यालय भुक्तपुर र खुर्कोटले आजबाट एक दर्जन भन्दा बढी स्काभेटर र जेसेभी प्रयोग गरेर रोशीखोलाले भत्काएको सडकमा ड्राइभर्सन गरी यातायात सञ्चालन गर्ने तयारी अनुरुप काम अघि बढाएको छ ।

सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशले रामेछाप न्युजसँग भने,दशै अघि यातायात सञ्चालन गर्ने गरी आजबाट तीब्र गतिमा काम अघि बढेको छ, यसको लागि जेसिभी, स्काभेट र रोलरको प्रयोग गरिएको छ । बिपि राजमार्गमा अकल्पिनीय क्षति भएको छ, अस्थायी रुपमा दशै अघि एकतर्फी रुपमा भएपनि सञ्चालनमा ल्याउने गरी काम अघि बढाएका छौ, उनले भने । प्रमुख योगेशले हाल भत्काएको सडक पुर्नस्थापना गर्नको लागि करिब २ अर्ब भन्दा बढी लाग्ने प्रारम्भिक अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्