नेपालथोक–चौकीडाँडा सडक खण्डः रोशीखोलामा पानीको बहाब नघटदा सडक निर्माणमा समस्या



१६ असोज, काठमाडौं ।
बाढीको कारण क्षतिग्रस्त हुन पुगेको बिपि राजमार्गको नेपालथोक–चौकीडाँडा सडक खण्डमा सडक निर्माणको काम अघि बढेपनि रोशी खोलामा पानीको बहाब नघटदा समस्या सृजना भएको छ । यस सडक खण्डमा ११ स्थानमा खोलाले क्षति पुरयएको छ । सडक विभाग अन्तर्गत रहेको सडक डिभिजन भक्तपुर र खुर्कोटले नेपालथोक र चौकीडाँडा खण्डबाट हिजोबाट काम अघि बढाएको छ ।

तर नदीलाई ड्राइभर्ट गरेर ह्युमपाइप राख्ने तयारी गरेपनि खोलामा पानीको बाहब नघटना काम लक्ष्य अनुरुप हुन नसकेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले रामेछाप न्युजलाई बताए । उनले भने,‘हामीले १४ वटा भन्दा बढी मेसिन प्रयोग गरेर काम अघि बढाएका छौ, खोलाको किनाराबाटै यातायात सञ्चालन गर्ने तयारी हो, तर पानीको बहाब नघटना हामीले सोचे अनुसार काम अघि बढन सकिरहेको छैन् ।’

प्रतिक्रिया दिनुहोस्