बिपि राजमार्गः नेपालथोक–आँपघारी सडक आजबाट खुल्यो



१७ असोज, रामेछाप ।
बाढीको कारण अवरुद्ध हुन पुगेको बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकको नेपालथोकबाट आँपघारीसम्मको सडक आजदेखि खुलेको छ । तीन दिनको अथक प्रयासबाट आजबाट सो खण्ड सञ्चालनमा आएको हो । रोशीखोलाको बाढीले नेपालथोक आँपघारीबीचको बान्द्रेओडारमा दुईसय मिटर सडक बगाएको थियो ।

चारवटा मेशिन प्रयोग गरेर रोशी खोला तर्काएपछि किनारबाट अस्थायी सडक बनाएर आवागमन खुलाइएको हो । आँपघारी अगाडि बालुवामा रोशीखोलाले बगाएको करिब डेढ सय मिटर सडक पनि खोला तर्काएर बनाउन सुरू भएको भइरहेको सडक डिभिजन कार्यालय खुर्कोटले बताएको छ । सडक डिभिजन कार्यालयले खाल्टे र सुनकोसी गाउँपालिकाको एक्साभेटर, लगाएर क्षेत्रमा काम गरिरहेको हो । काभ्रेको चौकीडाँडाबाट पनि अस्थायी सडक बनाउन सकियो भने पाँच दिनमा त्यहाँ पनि सवारीसाधन सञ्चालनमा ल्याउन सकिने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्