अवरुद्ध बिपि राजमार्ग दशै अघि नखुल्ने



मधुसुदन रायमाझी

१७ असोज, काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ। मन्त्रालयले बिपि राजमार्गको चौकीडाँडादेखि आपँघारी खण्डको विभिन्न स्थानमा गरी करिब १२ किलोमिटर सडक बगाएकाले तत्काल सञ्चालन गर्न नसकिने बताएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको बताए । उनले भने,‘हामीले सडकको अवस्थाको अवलोकन गर्यौ, सडक धेरे ठाउँमा बगाएको छ, सडक सञ्चालनमा ल्याउन अझै समय लाग्छ ।’ तर उनले खुलाउने प्रयास भने जारी राखिने बताउ सडक खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने बताए ।


सडक विभागका महानिर्देशक रामहरि पोखरेले दशै अघि अबरुद्ध बिपि राजमार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको बताउदै प्रयास भने जारी राखिने बताए । उनले यसअघि सडक भएको ठाउँमा अहिले रोशी खोला बगेको हुनाले ड्राइभर्सजन गर्न समेत कठिन अवस्था रहेको हुँदा पूर्ण रुपमा सञ्चालन गर्न समय लाग्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबरुद्ध बिपि राजमार्गलाई सञ्चालनमा ल्याउनको लागि मन्त्रालयले आवश्यक स्रोत र साधन प्रयोग गरेको बताउदै छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेको बताए । उनले भने,‘हामीले कोशिस गरिरहेका छौ, तर दशै अघि सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।’
मन्त्रालयले बिपी राजमार्गबाट सिधै काठमाडौ जोडन कठिन भएसँगै अरनिको राजमार्ग दोलघाट हुँदै मध्य पहाडीबाट सित्खाको पुलबाट सिधै काठमाडौ जोडन सकिने गरी काम अघि बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्