रामेछाप–सिन्धुली जोडने खुर्कोटमा यसरी हुँदैछ बेलिबृज जडानको काम (फोटोफिचर)



२० असोज, रामेछाप ।
सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको पुल बगाएपछि सो स्थानमा बेलिबृज जडानको काम सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा नेपाली सेनाले हिजोबाट बेलिबृज जडानको काम अघि बढाएको छ । मन्त्रालयले हैटौडामा रहेको बेलिबृज हिजो खुर्कोट ल्याएको थियो । रामेछाप, दोलखा र ओखलढुंगा जिल्लाको मुख्य नाका भएकाले खुर्कोटमा बेलिबृज जडान गरेर यातायात सञ्चालन गर्ने गरी सरकारले काम अघि बढाएको छ । नेपाली सेनाको टोलीले आधाबाट धमाधम रुपमा बेलिबृज जडानको काम अघि बढाएको छ । करिब दुई साताभित्र नै बेलिबृज जडान गरेर सञ्चालनमा ल्याइने नेपाली सेनाले बताएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामले हेटौडामा रहेको बेलिबृज ल्याउने कार्यमा आफै सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्