काठमाडौं काभ्रे रामेछाप हुँदै बिपि राजमार्ग जोडने बैकल्पिक मार्ग सञ्चालनमा



काठमाडौं ।
बाढी पहिरोको कारण अबरुद्ध हुन पुगेको राजधानी काठमाडौबाट बिपी राजमार्ग जोडन वैकल्पिक मार्ग सञ्चालनमा आएको छ । बिपि राजमार्गको भुकुण्डेवसी, तेमाल हुँदै रामेछापको सुनापति गाउँपालिकास्थित सिन्दुरेटार हुँदै मध्यपहाडी लोकमार्ग जोडने मार्ग सञ्चालनमा आएको छ । यो सडक सञ्चालनमा आएसँगै रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाबाट सिधै काठमाडौ आवतजावत गर्न सहज भएको छ । यो सडक खण्ड हुँदै मध्यपहाडी राजमार्गको सित्खाबाट पुनः बिपि राजमार्ग जोडिने भएको छ ।

बिपि राजमार्गको भकुण्डे बेसि देखि तिमाल हुदै मुक्पा सुनकोसी पुल सिंदुरेटारबाट रामेछापलाई बिपि मार्गको बैकल्पिक मार्गको माध्यमबाट राजधानीलाई छोटो मार्गबाट जोडिएको छ । काभ्रे तेमाल गाउँपालिका र सुनापती गाउँ पालिकाको सक्रियतामा सो सडक सञ्चालनमा ल्याइएको हो । सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले रामेछाप बिपि राजमार्गलाई जोडने बैकल्पिक मार्ग सञ्चालनमा आएको रामेछाप न्युजलाई बताए । उनका अनुसार सिन्दुरटारबाट मध्य पहाडी राजमार्गको लुभु सित्खा खण्ड सुचारु गराउनको लागि पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्