बिपि राजमार्ग खुलाउन रातमा पनि यसरी भइरहेको छ काम



२४ असोज, काठमाडौं ।
बिपि राजमार्ग भोलिबाट सञ्चालनमा ल्याउन रातको समयमा पनि अहिले धमाधम काम भइरहेको छ । भोलि बिहान १० बजेबाट यातायात सञ्चालन गराउने गरी सडक विभाग र स्थानीय सरकारको समन्वयमा करिब १० वटा भन्दा बढी मेसिन प्रयोग गरेर काम भइरहेको छ । सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले आज रातभर रोशी खोला डाईभर्सन गरेर भोलिबाट गाडी सञ्चालन गरिने रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्