किन पक्राउ परे रवि लामिछाने ?



२ कात्तिक, काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए । लामिछानेलाई केहीबेर अघि मात्र पक्राउ गरेर स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्