बीपी राजमार्ग केहि प्रश्न



दिपक श्रेष्ठ

बीपी राजमार्गकाे भकुण्डे- नेपालथाेक खण्डकाे करिव १३ किलोमिटर सडक पूर्णत ध्वस्त भएको छ । २०८१ असाेज १२ गतेकाे राेशी बाढीले कटुन्जे, डाँडागाउदेखि नेपालथाेकका दर्जनाैँ ठाउँमा नामाेनिसान नराखी सडक सिनित्तै पारेको छ । अहिले राेशी बगरमा अस्थायी ट्रयाक खाेलौ यातायात सञ्चालन गरिएको छ । थाेरै पनि पानी परेर राेशी बढेको खण्डमा बाटाे तत्काल अबरूद्ध हुने अवस्था छ । तथापि, अब याे हिउँदमा त्याे संकट टर्ला कि ?

राेशी खाेलाकाे ट्रयाक जेनतेन याे ६ महिनाका लागि हाे । जेठ, असारबाट चल्ने सम्भावना छैन । त्यसकाे बिकल्प सरकार, सडक विभागले तत्काल खाेज्नुपर्ने अवस्था छ । त्यसकाे बिकल्पका रूपमा भकुण्डे-कानपुर-तिमाल-मेच्छे पाैवाकाे बाटाे सुधार गर्न सकिन्छ । साे सडककाे स्तराेन्ति गरी बीपी राजमार्ग नबनुन्जेल बिकल्पका रूपमा प्रयाेग गर्न सकिन्छ । तथापि, मेच्छेपाैवाबाट बीपी राजमार्ग जाेड्नचाहिँ समस्या छ । माम्तीमा रहेकाे पक्की पुलहुँदै मेच्छेपाैवा र माम्ती जाेड्न सकिन्छ र माम्तीमा बीपी राजमार्गसँग तिमाललाई जाेड्न सकिन्छ । तथापि, माम्तीबाट नेपालथाेकसम्म तीन ठाउँमा राेशीले राजमार्ग ध्वस्त पारेको छ । त्याे ठाउँमा मर्मत गर्न माथितिर कटिङ गर्ने अवस्था समेत देखिन्न । पहरा र पहिराे छ । यी ठाउँमा तत्काल सडक मर्मत गरि तिमाल सडकलाई बीपी बिकल्पका रूपमा सञ्चालनमा ल्याउन सकिन्छ ।

राजधानीसँग काेशी र मधेश प्रदेशलाई जाेड्ने वैकल्पिक र महत्त्वपूर्ण मार्गका रूपमा बीपी राजमार्ग सञ्चालनमा छ । त्यति मात्र हाेइन, राजधानीका लागि आवश्यक दूध, तरकारी, मासुलगायत कृषि उत्पादन भित्र्याउने मार्गसमेत यहि हाे । त्यसैले याे मार्गकाे निर्माण कहिले हाेला ? कस्ताे बन्ला या नबन्ला ? कसरी बन्ला र कसले बनाउला ? जस्ता जिज्ञासा आम रूपमा उठ्न थालेको छ । जापान सरकारकाे सहयाेगमा हाज्मा ताइसे कम्पनीले निर्माण गरेकाे याे सडक पूर्वी पहाड र केही हिमाली जिल्लाकाे ‘लाइफलाइन’ का रूपमा रहेकाे थियाे ।

बीपी राजमार्ग सम्बन्धि उठ्ने प्रश्नकाे जवाफ सरकारले तत्कालै दिन आवश्यक देखिन्छ । त्याे क्षेत्रका पर्यटन व्यवसायी, कृषि तथा पशुपालनमा लागेका किसान तथा व्यवसायीलाई लगानी सुनिश्चितताका लागि पनि सरकारले विश्वासकाे वातावरण बनाउनु आवश्यक छ । बीपी राजमार्ग अब बन्दैन भन्ने शंका पनि जनतामा छ । किनकि याे ठूलाे बजेटमा बनेकाे थियाे, त्याे आर्थिक सामर्थ्य सरकारसँग नभएकाले यस्ता शंका अस्वभाविक पनि हाेइन । सरकारले बनाउँछ भने पनि कहिलेसम्म ? त्यहि सडकका पूल ठेक्का लागेकाे सात बर्षसम्म बनेकाे छैन, अलपत्र छ । अनि जनताले कसरी विश्वास गर्ने ?

सम्बद्ध मन्त्रालयका सचिवद्वारा व्यक्त विचारले समेत याे अन्याेलता थपेकाे छ । राेशीले बगाएको सडकमा कि पुल राख्नु पर्ने, कि कटिङ गर्नु पर्ने कि फिलिङ गर्नु पर्ने बिकल्पका बारेमा सचिवकाे भनाइ थियाे, “कटिङ गर्दा भाैगाेलिक जटिलताका कारण थप समस्या आउँछ । १३ किलाेमिटर पुल निर्माण गर्न सकिने अवस्था छैन । फिलिङ गर्दा राेशीले बढारिरहने समस्या भयाे ।”

राेशीखाेलामा बीपी राजमार्ग निर्माणकै क्रममा २०५९ सालमा समेत राेशी बाढीले सडक क्षति पुर्याएकाे थियाे । राेशीले आफ्नाे शक्तिकाे संकेत त्यहिबेला गरेकाे हाे । त्यस बिषयलाई प्राविधिक हिसावले कम आँकिएकाे हाे कि ? अर्काे कुरा चरम द्वन्द्वकाे समयमा त्याे सडक खण्ड निर्माण गरिएको थियाे । विकास निर्माणका काम ठप्प भएको बेलामा समेत सडक निर्माण भएको साे सडककाे गुणस्तरमा समेत त्यहिबेला चर्चा भएकै हाे ।

बीपी सडककाे बिकल्पका रूपमा अन्यत्रबाटै स्थायी बिकल्प खाेज्नु साे क्षेत्रका जनतामाथि ठूलाे घात र अन्याय हुन्छ । महाभारत वा तिमाल डाँडैडाँडा बीपीकाे बिकल्प खाेज्नु अर्काे घातक काम हुनसक्छ । त्यसैले विध्वंशकारी राेशीकाे शक्तिकाे पहिचान गरी कतै कटिङ र कतै फिलिङ दुवै विधिमार्फत बीपी राजमार्गलाई धुलिखेल- नेपालथाेक डबल लेनकाे बनाउन आवश्यक छ । बीपी राजमार्गमा बढ्दाे सवारी चाप, बैकल्पिक मार्ग र पूर्वी नेपालकाे सवारी धान्ने याे सडककाे चियाबारी- खुर्काेट सुरूङ मार्गलाई समेत अघि बढाउँदै बीपी राजमार्गलाई अझ बलियाे, भरपर्दाे र फराकिलाे पारिनु आजकाे विकास समृद्धिकाे मार्ग हाे । सबै दल, नीति निर्माता र राजनीतिक नेतृत्वले यश बिषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्