स्वर्गीय राजनारायण श्रेष्ठ बिपि कोइरालाजस्तै अरुका लागि सोच्ने नेता हुनुहुन्थ्योः कोइराला



१० पुस, काठमाडौ । रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति स्वर्गीय राजनारायण श्रेष्ठको स्मरणमा स्मृति ग्रन्थ प्रकाशन भएको छ । सम्पर्क समितिले स्वर्गीय श्रेष्ठको स्मरणमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकोबीच नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले स्मृति ग्रन्थ सार्वजनिक गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले आफ्ना स्वर्गीय पिता विपि कोइरालालाई स्मरण गर्दै स्वर्गीय राजनारायण श्रेष्ठ पनि विपि जस्तै आफ्ना लागि भन्दा पनि अरुका लागि लड्ने र अरुका विषयमा सोच्ने नेता भएको भन्दै स्मरण गरे । कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाइ राज्य मन्त्री पूर्ण बहादुर तामाङ,नेपाली कांग्रेस रामेछापका नेता रामचन्द्र खड्का लगायतका नेताहरुको सहभागीता रहेको थियो ।स्वर्गीय राजनारायण श्रेष्ठ बिपि कोइरालाजस्तै अरुका लागि सोच्ने नेता हुनुहुन्थ्योः कोइराला
१० मंसिर, काठमाडौ । रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति स्वर्गीय राजनारायण श्रेष्ठको स्मरणमा स्मृति ग्रन्थ प्रकाशन भएको छ । सम्पर्क समितिले स्वर्गीय श्रेष्ठको स्मरणमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकोबीच नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले स्मृति ग्रन्थ सार्वजनिक गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले आफ्ना स्वर्गीय पिता विपि कोइरालालाई स्मरण गर्दै स्वर्गीय राजनारायण श्रेष्ठ पनि विपि जस्तै आफ्ना लागि भन्दा पनि अरुका लागि लड्ने र अरुका विषयमा सोच्ने नेता भएको भन्दै स्मरण गरे । कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाइ राज्य मन्त्री पूर्ण बहादुर तामाङ,नेपाली कांग्रेस रामेछापका नेता रामचन्द्र खड्का लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्