अब बिपि राजमार्ग पुननिर्माणको काम तीब्र गतिमा अघि बढ्छः मन्त्री दाहाल



२७ माघ, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोले क्षति पुगेको बिपि राजमार्गको पुननिर्माणको काम अब तीब्र गति अघि बढने बताएका छन् । उनले बाढीले क्षति पुगेको सडको पुनिर्माण गर्ने विषय अध्ययनबाट टुंगो लागेको बताउदै अब सरकारले तत्काल नै पुननिर्माणको काम अघि बढने बताएका हुन् । केही दिन अघि मात्र उनले मन्त्रालयको सचिव केशव कुमार शर्मा, सडक विभागको महानिर्देशक रामहरि पोखरेलसहितको टोलीबाट सडकको स्थलगत अनुगमन भएको थियो ।

सरकारको ट्रेजरीबाट बाढी प्रकोपको शिर्षकमा पैसा छुट्टीएको र अव तिव्र गतिमा वीपी मार्ग बन्ने मन्त्री दाहालले विश्वास व्यक्त व्यक्त गरे । मन्त्रालयले गरेको प्राविधिक अध्ययन अनुसार करिब १२ किलोमिटर सडकको पुननिर्माण गर्न झण्डै ९ अर्ब रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
KyCp19W, KBcyZKSTtDVOl, RqF0HyVHst, MLkE8dbW0u9Hsn7, mwyyJluNWyG9TeB6, Xi6JXFLRvA, rdrTLplxFZS, wzjbzOaqXURwCrP, 8OKOAtOkBHWb, qslAGVacGE5f