रामेछाप जिल्लाभित्र विभिन्न वनमा आगो लगाउने व्यक्तिहरु धमाधम पक्राउ



५ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाभित्रका विभिन्न वनमा आगो लगाउने क्रम बढेपछि जिल्ला प्रहरी रामेछापले सक्रियता देखाएको छ । वनमा आगो लाग्दा ठूलो क्षति हुने गरेको छ । केही दिनअघिबाट दोरम्बा शैलुङ गाउँपालिकास्थित शैलुङको वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । त्यसैगरी हिजो रामेछाप नगरपालिका–२ सिरुवारीस्थित भिर पाखामा आगो लगाउने थप एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । आगो लगाएको आरोपमा ७२ बर्षिय हरि बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी शैलुङको छहरेछाप डाँडा सामुदायिक वनमा आगो लगाएर फरर भएको आरोपमा ५० वर्षीय पदमबहादुर विक र उनैका भाइ ४५ वर्षीय चन्द्रबहादुर विकलाई प्रहरीले प्रक्राउ गरेको छ । चैत लागेसँगै जिल्लाको दोरम्बा शैलुङसहित गोकुलगंगा गाउँपालिकाको बेताली, मन्थली नगरपालिकाको गैराथोक र उमाकुण्ड गाउँपालिकाको बाम्तिभण्डारको वन क्षेत्रमा आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
gA5DGzad6DY, OGKK1gl8y3wZ, PqRqKy6qyU7BRhz, ernEnqCtR4, noHC, SfQ6mzXPC, R5htoRd, YXxrqeoyyjFM9E, D1vqT0dk