कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनलाई सरकारले यसअघि पटक पटक स्पष्टिकरण सोधेको थियो । घिसिङलाई पदबाट हटाएर सरकारले हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी बनाउने निर्णय गरेको छ ।