सरकारले हटाएको निर्णयको विरुद्ध आज सर्वोच्च अदालत जादै कुलमान घिसिङ



काठमाडौं ।
सरकारले पदमुक्त गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज सरकारले गरेको निर्णयको विरुद्ध आज सर्वोच्च अदालत जाने भएका छन् । आफूलाई पदबाट हटाएपछि कुलमान त्यसको विरुद्ध आज नै सर्वोच्च अदालत जाने भएका छन् । मंगलवार साँझ उर्जा मन्त्रालयले घिसिङलाई हटाएको पत्र थमाएको थियो । पत्रमा आफूमाथि लगाइएको आरोप निराधार भएको बन्दै घिसिङले न्यायिक लडाईको लागि अदालत जान लागेका हुन् । रामेछाप न्यूजसँगको कुराकानीमा कुलमानले न्यायिक लडाइँमा जाने तयारीमा रहेको बताए ।

‘सरकारबाट पदमुक्त गरेको पत्र प्राप्त भएको छ । पत्रमा उल्लेखित व्यहोराकै आधारमा मलाई हटाउनुपर्ने कारण देख्दिनँ । राम्रो काम गरेकाले हटाइयो । म न्यायका लागि लड्ने योजनामा छु, आज अदालत गएर न्यायको माग गर्छु, उनले भने । पदमुक्त गरेको पत्रमा डेलिकेडेट र टंक लाइनको बक्यौता नउठाएको आरोप लगाएको बताउदै उनले आफू रातदिन बक्यौता उठाउनज लाग्दा विना कारण हटाइएको घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्